हितेन्द्रमान शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।
शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय खारेज गर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन् । सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो ।
शाक्यले रिट निवेदनमा भनेका छन्, ‘‘मेरो पुर्व सहमती वेगर मलाई विपक्षी जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा सरुवा र नियुक्त गर्ने मिति २०७८–४–२५ को नेपालसरकार मन्त्रि परिषदको निर्णय, मेरो पदस्थापना कायमनै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई दोहोरो नियुक्ति दिने नेपाल सरकार मन्त्री परिषदको निर्णय र निजलाई नियुक्ती दिने लगायत विपक्षीहरुवाट भए गरेको सबै काम कारवाही तथा पत्राचार समेत नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउ र मलाई साविक बमोजिमको पदमा यथावत रुपमा काममा लगाउनु सो काममा पुर्ण सहयोग गर्नु भनी विपक्षीहरुको नाममा परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाऊ।’













































































































































































































