बागलुङको भकुण्डेमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । पानीमा डुबेर भकुण्डेका मानबहादुर बुढाथोकीको ८ वर्षीय छोरा एलस बुढाथोकीको मृत्यु भएको हो ।
घर नजिकै रहेको धौलेचौर भन्ने स्थानमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्ण पल्ली मगरले जानकारी दिए ।
यस्तै, भकुण्डे निवासी २८ वर्षीय सागर थापा मृत भेटिएका छन् । शनिबार साँझ घर नजिकैको खोलाको बीचमा मृत भेटिएका हुन् ।



















































































































































































































