बागलुङमा लामो समयदेखि बन्द मठ मन्दिर एवम् शैक्षिक संस्थाहरु खुल्ने भएका छन् । आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा रहेका मठ मन्दिर स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
पछिल्लो केही साता यता कोरोना संक्रमण दर घटेर लकडाउन खुकुलो बनाएर बजार पसल खुल्ला गरिए पनि भिडभाड हुने मन्दिर, विद्यालय, क्याम्पस, पार्टी प्यालेसहरु भने बन्दै थिए ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार पार्टी प्यालेस स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने र शैक्षिक संस्था स्थानीय तहले कोभिड–१९ संकट तथा व्यवस्थापन समितिसँग समन्वय गरी सञ्चालन गर्न पाउने भएका छन् ।
पार्टी प्यालेसमा भने न्यूनतम २५ जना मात्रै सहभागी हुन पाइनेछ । यस्तै, यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको लिखित परीक्षा र प्रयोगात्मक परीक्षा स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न पाउने भएको छ ।
के सञ्चालन गर्न पाउने के नपाउने ?















































































































































































































