२१ भाद्र २०८३, आईतवार

 

दसैं तिहार अफर : एक्साभेटर खरिदमा ५ लाखरुपैयाँसम्म छुट

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक कन्स्ट्रक्सन सोलुसन प्रालिले दसैं÷तिहारमा नयाँ एक्साभेटर खरिद गर्दा ५ लाख रुपैयाँसम्मको नगद लाभ लिन सकिने अफर ल्याएको छ ।

यो अफर असोज देखि कात्तिक ३० गतेसम्म जारी रहने बताइएको छ । अफर अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँ नगद छुट र बाँकी २ लाख रुपैयाँ बराबरको २ सय घन्टासम्म चल्ने फिल्टर किटको साथै एक थान एमआई प्रो ४३ इन्चको टिभी प्राप्त गर्नेछन् । यो आफर हुन्डाइको नयाँ एक्साभेटर आर २२० एलएसमा उपलब्ध हुनेछ ।

कोरियन ब्रान्ड हुन्डाइको एक्साभेटर नेपालमा सर्बाधिक बिक्री हुने हुँदा नेपालमा नम्वर वान रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung