समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।
१० जना पदाधिकारीमध्ये २ जना उपत्यकाबाहिर भएकाले हस्ताक्षर गर्न नपाएको आज ८ जना पदाधिकारीले हरिहरभवन पुल्चोकस्थित परिषद्को सभा कक्षमा दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको विषयमा जानकारी दिने खातीले बताए ।



















































































































































































































