४ श्रावण २०८३, सोमबार

 

बागलुङ उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन

बागलुङ उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन भएका छन् । ४३ औ साधारणसभा तथा २८ औं अधिवेशनले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेसनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बलराम शर्मा, सचिवमा रमेशबहादुर खड्का, सहसचिवमा लक्ष्मी बाँस्कोटा र कोषाध्यक्षमा रामराज कँडेल रहेका छन् ।

सदस्यमा युक्तजंग राजभण्डारी, राधाकृष्ण ज्ञवाली, रामप्रसाद शर्मा, डिल्लीराज गौतम, बिष्णुप्रसाद सापकोटा, बद्रिप्रसाद शर्मा उपाध्याय र लक्ष्मी जिसी कार्की रहेको अधिबक्ता केशवराज पराजुलीले जानकारी दिए । अधिवेसनले राजुप्रसाद गौतम, केशवराज पराजुली, दिनानाथ शर्मा र सरिता केसीलाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।

बागलुङ बारमा बिगतदेखि नै सहमतिका आधारमा प्रगतिशिल र प्रजातान्त्रिकका बिचमा समिति चयन हुँदै आएको र यसपालि प्रजातान्त्रिक तर्फबाट शर्माको अध्यक्षतामा समिति गठन भएको हो ।

अध्यक्षमा चयन भएपछि शर्माले बारलाई चुस्त दुरुस्त र थप क्रियाशिल बनाउँदै सवैको सहयोग र सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । बारको अध्यक्षमा यसअघि प्रगतिशिल तर्फबाट हरिप्रसाद शर्मा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung