४ श्रावण २०८३, सोमबार

 

बारले प्रधानन्यायाधीशलाई सोध्यो, मन्त्रीको भाग बण्डा भएकै हो ?

सर्वोच्च अदालत बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर मन्त्रीको भागबण्डाबारे प्रश्न गरेको छ।

पछिल्लो समय सञ्चारमाध्यममा प्रधानन्यायाधीश जबरालाई पनि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले मन्त्रीको कोटा छुट्याएको समाचार आएपछि बारका पदाधिकारीले सोमबार प्रधानन्यायाधीशलाई भेटेका हुन्।

सर्वोच्चकै असार २८ को परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश जबरालाई पनि मन्त्रीको भागबण्डा गरिदिएको समाचार आइरहेका छन्।

जवाफमा प्रधानन्यायाधीश राणाले पत्रपत्रिकामा जे पनि आउन सक्ने भन्दै सबै कुरा सत्य नभएको दाबी गरे । यसबारेमा विज्ञप्ति निकालेर आफूले प्रष्ट पार्ने जवाफ दिएको भेटमा सहभागीले वकिलहरुले बताए ।

प्रधानन्यायाधीशको विज्ञप्ति आएपछि बारले अब के गर्ने भन्ने धारणा बनाउने अध्यक्ष शाक्यले बताए। बारले यसबारेमा जतिसक्दो छिटो प्रष्ट पार्न प्रधानन्यायाधीश राणासँग माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung