२० भाद्र २०८३, शनिबार

 

दसैंलाई लक्षित गरी बजाजका मोटरसाइकल खरिदमा ‘खुसीको तीन डोज’

शिवशक्ति अटोमोबाइलका प्रोप्राइटर शाह भन्छन्– ग्राहकले बाइक किन्नुअघि १० हजारसम्म, खरिदपछि १ लाखसम्मको नगद र बम्पर अफरमा १० लाखको नगद पुरस्कार जित्न सक्नेछन् ।

बजाज मोटरसाइकलको बागलुङस्थित डिलर शिवशक्ति अटोमोबाइलले दसैं योजना सार्वजनिक गरेको छ । आगामी दसैंलाई लक्षित गरी ‘खुसीको तीन डोज फेस्टिभ स्किम’ ल्याएको हो ।

यो योजनामा ग्राहकले बजाजका मोटरसाइकल खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन् । बजाजका कुनै पनि मोटरसाइकल किन्नु पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार वितरण गरिने बताइएको छ ।

हरेक बजाज मोटरसाइकलको खरिदमा ग्राहकले तत्काल नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । ५० प्रतिशत अग्रिम भुक्तानी गर्ने ग्राहकलाई १८ महिनासम्म शून्य ब्याजदरमा फाइनान्सको समेत व्यवस्था गरिएको धौलागिरि क्षेत्रको आधिकारिक विक्रेता शिवशक्ति अटोमोबाइलका प्रोप्राइटर शिवशंकर शाहले बताए ।साथै १७ देखी आगमी २२ सम्म महा एक्सचेन्ज मेला सुरु भएको छ ।

मेला अवधीमा कुनै पनि मोडेलका पुराना मोटरसाइकल र स्कुटर ल्याएमा प्रचलित बजार मूल्य भन्दा १० हजार बढी मुल्य कायम गरि नयाँ मोडेलको मोटरसाईकल एक्सचेन्ज गर्ने र एसेसोरिज सामान समेत पाउने छन् भने १८ महिना सम्म शुन्य प्रतिश व्याजदरमा फाइनान्सको सुविधा समेत रहेको शाहले बताए ।

बजाजले नेपाली बजारमा पल्सर सिरिजअन्तर्गत पल्सर १२५, पल्सर १५०, पल्सर १५० टीडी, एनएस १६०, एनएस २०० र पल्सर २२० एफ, पल्सर २२० एफ एबीएस, एभेन्जर, डिस्कभर, प्लाटिना, बजाज डोमिनार ४०० जस्ता १५ प्रकारका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

सोमबारबाट लागू हुने गरी जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटर ‘एक्सचेन्ज अफर’ समेत सुरु गरिएको शाहले जानकारी दिए ।
साबिक धौलागिरिका जिल्लामा आफ्ना शाखा विस्तार गरेको शिवशक्ति अटोमोबाइलले युवामा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीनपाङ्ग्रे आटो रिक्सा र सामान बोक्ने कार्गोसमेत विक्रीमा राखेको छ ।

२०६४ सालमा बागलुङमा सोरुम स्थापनापछि हालसम्म करिब ७ हजार मोटरसाइकल विक्री गरिसकेको शाहको भनाइ छ । उनका अनुसार पल्सर १५० र पल्सर २२० ग्राहकले बढी रुचाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung