३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद, एकजनालाई ३ वर्ष साथै अर्का एकलाई ६ महिना कैद सजाय तोकेको छ ।
फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।
अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् ।



















































































































































































































