१५ कार्तिक २०८३, शनिबार

 

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले घरको छतबाट हामफालेको सिसी क्यामेरामा देखियो

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । निर्माणधीन घरको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

चतुर्वेदी काठमाडौंको भत्केको पुल नजिकै बुलबुलेस्थित गौतम अग्रवालको निर्माणाधीन घरको चौथो तलाबाट बिहीबार बिहान ९ बजे खसेका थिए ।

उनले आत्महत्या गरेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

उनले भने, ‘त्यहाँ घरनजिकैको सिसी क्यामेराबाट हेर्दा उहाँ आफै हाम्फालेको देखिन्छ । स्थानीयहरुसँग बुझदा पनि उनी आफै जानजान त्यहाँ खसेको हामीलाई बताएका छन् ।’

चतुर्वेदीकोको शव पोर्टमार्टका लागि टिचिङ अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung