२१ भाद्र २०८३, आईतवार

 

तेज मोटर्स प्रालि बागलुङले ल्यायो ‘सुजुकी पर्वोत्सव अफर’

बागलुङका लागि सुजुकी कार तथा ट्याक्सीको आधिकारिक बिक्रेता तेज मोटर्स प्रालिले दसैतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यो अफर आगमी कार्तिक ३ गते सम्म रहने तेज मोटर्स प्रा.लि बागलुङका म्यानेजर देवेन्द्र पौडेलले बताए । सुजुकीका विभिन्न मोडेलका गाडीहरु बमोजिम फरक–फरक छुटहरु लागू हुनेछन् । बागलुङमा विगत ७ वर्षदेखि सुजुकीका विभिन्न गाडीहरु बेच्दै आएको प्रालिले जिल्लामा सुजुकी ब्रान्डका सुजुकी अल्टा, ब्रेज्जा गाडी अलिबढी रोजाईमा परेको पौडेलले बताए ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स्, इको, इको कार्गो , सुपर क्यारी र अल्टो गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ ।

साथसाथै ‘सुजुकी पर्वोत्सव अफर’मा जुन कुनै मोडेलका गाडीहरु एक्सचेन्ज गर्न आएमा उचित म
ल्य पाउने सञ्चालक पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung