१५ कार्तिक २०८३, शनिबार

 

मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहमाथि प्रहरीले चलायो गोली

रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे। जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो । झण्डै दुई हजार बढी मानिस जम्मा भइ छाप्रा हटाउन लागेका प्रहरीमाथि ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस हानेको थियो ।

बुटवल उपमहानगरपालिका १७ मोतिपुरको औद्योगिक क्षेत्रमा पछिल्लो समय अस्थायी छाप्रा बनाएर बस्ती बस्न थालेपछि प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा हस्तक्षेप गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung