प्लास्टिक तथा प्लास्टिक जन्य सामग्रीको प्रयोगले वातावरणमा नराम्रो असर गरेको भन्दै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिरमा प्लास्टिकका झोला र प्लास्टिकजन्य सामाग्री प्रयोगलाई प्रतिबन्ध लगाउने योजना अगाडि बढाएको छ ।
आधुनिकता संगै मन्दिरमा पुजा गर्न आउने भक्तजनले मन्दिरमा ल्याएका प्लास्टिक जन्य सामग्री यतिबेला वातावरण प्रदुषणको माध्यम बन्दै गइरहेको छ ।
प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको कारण भगवती मन्दिर यतिबेला दिनप्रतिदिन प्रदुषित बन्दै जान थालेपछि वि.सं २०८० देखि मन्दिरमा सबै खालको प्लास्टिक जन्य सामग्री पुर्ण रूपमा प्रतिबन्ध लगाइ वातावरण प्रदुषण हुनबाट रोक्नेप्लास्टिक जन्य सामग्री प्रतिबन्ध लगाउने योजना अगाडि सारेको हो ।
गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा केही बर्ष यता मन्दिरमा पुजा गर्न आउने भक्तजनले अत्यधिक मात्रामा प्रयोग गर्दै आएको प्लास्टिक जन्य सामग्रीले वातावरणमा असर पुर्याएको भन्दै त्यसलाई बिस्तापित गर्ने योजना मन्दिरले अगाडि बढाएको कालीका भगवती गुठी ब्यबस्थापन समितिका निमर्तमान अध्यक्ष राजु खड्काले बताए ।
मन्दिर ब्यस्थापन समिति र सामाजिक संस्था अभ्नी दीगोपना केन्द्र काठमाण्डौको पहलमा सबै किसिमका प्लास्टिका झोला प्रवेश र प्रयोगमा प्रतिबन्ध लगाइ त्यसको विकल्प दिने योजना बनाएको अभ्नी दीगोपना केन्द्रकी अभियन्ता जयन्ती शर्माले बताईन ।
प्लास्टिक कुहिन नष्ट हुन करिब ५ सय बर्ष लाग्ने यसले स्वास्थ मात्र नभएर वातावरणमा समेत नराम्रो असर गर्ने भएको हुनाले आफ्नो संस्था र कालीका भगवती गुठी मिलेर यश अभियानमा जुटेको अभियन्ता शर्मा ले बताइन ।
मन्दिरमा भगवान् को नाममा चढाउने सिन्के धुप लाई समेत मन्दिरमा ल्याउन चढाउन बाल्न प्रतिबन्ध लगाइ त्यसको बदलामा नेपाली पुरानो मौलिक संस्कृति परम्परा अनुसार तयार गरिएको बाटेको धुप प्रयोग गराउने निति बनाएको छ ।
अहिले बजारमा आएको प्लास्टिकका माला ,प्लास्टिकका विभिन्न सामाग्रीले नेपाली मौलिक परम्परा संस्कृति समेत हराउँदै जान थालेको भन्दै अहिले चालिएको अभियानले त्यसलाई रोक्न समेत मद्दत पुग्ने देखिन्छ ।
कालिका मन्दिर परिसरमा रहेको प्लास्टिक र अन्य फोहोर मैला संकलन अभियानलाई निरन्तरता दिएपनि अहिले धेरै मात्रामा आएका प्लास्टिक जन्य सामाजिकको प्रयोगले कालिका भगवती मन्दिरको सुन्दर हरियाली जंगलमा समेत वातावरण प्रदुषण बन्दै गइरहेको छ ।
प्लास्टिक नष्ट हुन ५ सय बर्ष भन्दा बढी समय लाग्ने भएको हुनाले पनि यसले माटाको उर्वरा शक्ति घटाउने कारणले मन्दिर ब्यबस्थापन समितिले २०८० देखि मन्दिरमा सबै खालको प्लास्टिक जन्य सामग्री पुर्ण रूपमा प्रतिबन्ध लगाइ वातावरण प्रदुषण हुनबाट रोक्ने स्पष्ट निति तय गरेको छ यसलाई समाजका सबै बर्ग र तप्काले स्वागत गरेकाछन् ।













































































































































































































