८ जेष्ठ २०८१, मंगलवार

 

नारायणस्थानमा राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली सभा

राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थान बागलुङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

अखिल नेपाल शिक्षक संघका चेतन पौडेल राष्ट्रिय जनमोर्चाका कार्यकर्ता याम प्रसाद पौडेल र सुभचिन्तक यदुनाथ पौडेलका पिता स्व. कृष्णप्रसाद पौडेलको निधनमा शोक व्यक्त गर्दै नवौं दिनको पुण्डे तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले स्व.पौडेलले समाजमा पुर¥याएको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्दै समाज परिवर्तनको यात्रामा लाग्न परिवारजनमा आग्रह गरे ।

शोक सभामा अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रीय सदस्य ढाकाराम पौडेलले ,राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा , अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज शर्मा, राष्ट्रिय जनमोर्चा बा.न.पा. का सचिव गोबिन्द प्रशाद पौडेल, नारायणस्थानका अध्यक्ष राम बहादुर खडका, सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ, गुरु प्रशाद शर्मा, प्रेम प्रशाद शर्मा, चुडामणि सुबेदी, हरि प्रशाद शर्मा, कमलादेबि सुबेदी लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शोक सभाको संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्