२० भाद्र २०८३, शनिबार

 

महँगो भाडा असुल्ने सवारीलाई कारबाही

चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महँगो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

उक्त कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ ।

यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung