८ जेष्ठ २०८१, मंगलवार

 

प्रेस सेन्टर नेपाल बागलुङद्धारा ९ अग्रज पत्रकार सम्मानित

प्रेस सेन्टर नेपाल बागलुङले जिल्लामा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका ९ जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ ।

पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो अभियान जनपक्षीय र ब्यवसायीक पत्रकारिताका लागि पाँचौ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ प्रेस सेन्टर नेपाल बागलुङको पाँचौ जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको हो ।

प्रेस सेन्टर नेपालका अग्रज पत्रकारहरु बद्री प्रसाद शमा, राजेशचन्द्र राजभण्डारी , निर्मल वहादुर श्रेष्ठ,मुकेशचन्द्र राजभण्डारी, बेलु काजी थापा ,महेन्द्र घर्ती संगम ,कोपिला कँडेल ,वीर बहादुर चोखाललाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ जिल्लामा लामो समयदेखि बसेर आम जनताको हितमा पत्रकारिता गर्दै आएका कान्तिपुर दैनिकका उप सम्पादक प्रकाश बराललाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा ‘सन्देश’ले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्