४ श्रावण २०८३, सोमबार

 

बागलुङमा नेपाल संम्वत् ११४२ मनाइयो

नेपाल सम्बत ११४२ को बागलुङमा एक कार्यक्रम गरि स्वागत गरिएको छ ।नेपाल संम्वत् मुल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष स्वागत कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरूले शंखरधर साख्वाले चलाएको नेपालीहरूको मौलिक सम्बत नेपाल सम्वत अहिलेसम्म पनि पुरै नेपालीको सम्बत हुन नसकेको हुँदा यसलाई सबै नेपालीको साझा सम्वत् बनाउन जरुरी रहेको धारणा राखेका थिए ।

बढ्दो सहरीकरणसँगै जिल्लाबाट नेवार समुदायका युवाहरू बागलुङबाट बाहिरीने क्रम बढेसँगै नेवा भाषा ,कला र संस्कृति जर्गेना गर्न कठिन भएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी ,सम्मानित व्यक्ति प्राणेश्वरी शाक्य ,नेवा मिसा दवुका अध्यक्ष सोमना शाक्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कला सस्कृति ,मृत्यु संस्कार र वौद्ध धर्म आन्दोलनमा महिलाहरुको तर्फबाट महत्वपूर्ण योगदान पु¥याएका बागलुङ बजार निवासी शिवओम भारी र प्राणेश्वरी शाक्यलाई नेवारी संस्कृति अनुसार पूजा गरी कार्यक्रमका प्रमुख अथिति नन्दकुमार राजभण्डारीबाट दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुको बारेमा नेपाल भाषा मंकाःखल बागलुङका पूर्व अध्यक्ष महेशचन्द्र प्रधानले जानकारी दिएका थिए । कार्यक्रममा शंखरधर बहुमुखी सहकारी संस्थाले प्रकाशन गरेको नेपाल सम्बत ११४२ को क्यालेन्डर प्रमुख अथिति नन्दकुमार राजभण्डारी, शंखरधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन प्रसाद मलेपति र नेपाल भाषा मंकाःखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रम नेपाल भाषा मंकाःखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्ष्ता,ज्ञानोदय वुद्ध विहार बागलुङका अध्यक्ष विकाश कुमार शाक्यको स्वागत र शंखरधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन प्रसाद मलेपतिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung