बागलुङमा पहिलो पटक युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम सुरु भएको छ । रोटरी क्लवले विश्वमा ६२ वर्षदेखि सुरु गरेको युवा नेतृत्व चयन गरी पुरस्कार प्रदान गर्ने (राइला) कार्यक्रम अन्र्तगत गण्डकी प्रदेश स्तरीय कार्यक्रम बागलुङमा आयोजना गरिएको हो ।
रोटरी डिस्ट्रिकको आयोजना तथा रोटरी क्लब अफ बागलुङको संयोजनमा सुरु भएको कार्यक्रम आगामि २७ गतेसम्म संचालन हुने छ । कार्यक्रममा गण्डकी प्रदेशका १५ क्लबको सहभागिता रहेको छ ।
गण्डकी प्रदेशका १५ रोटरी क्लवबाट बढीमा चार जनादेखि न्यूनतम २ जना र बागलुङबाट १० जना गरी ६० जना १४ वर्ष देखि १६ वर्षसम्मका युवाहरुको सम्मेलनमा सहभागी हुँदै छन् ।
बिहीबार अपरान्न होटेल रेड एप्पलमा आयोजित उद्घाटन कार्यक्रमा प्रमुख अथिति डिस्ट्रिक गर्भरल डिजिइ जितेन्द्र राजभण्डारी,प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की,बागलुङ नगरपालिकाका मेयर जनक राज पौडेल,काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा,रोटरी क्लबका डिजिएन राजेन्द्र धोजु,रोटरी क्लबका एसिन्टेट प्रिसिडेन्ट भरत कुमार श्रेष्ठ,न्यु जनेरेशन चियर पर्सन सुवाश सिग्देल, राइला रिजन फोरको चियर पर्सन जयराम पौडेल,कार्याक्रमका संयोजक भवन राज वराल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्याक्रम राइला डि चियर अध्यक्ष केवि क्षेत्रीको अध्यक्षता ,रोटरी क्लव अफ बागलुङका अध्यक्ष संजय कुमार श्रेष्ठको स्वागत र निवर्तमान अध्यक्ष दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।कार्याक्रम बिहान ६ बजे देखि बेलुका १० बजेसम्म तालिम, सिकाई, छलफल, पर्यटकीय स्थलको भ्रमण, योगा, मार्च पास लगायतका कार्यक्रम तय भएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष संजय कुमार श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिए ।





















































































































































































































