८ जेष्ठ २०८१, मंगलवार

 

बागलुङ समाजले प्रकाशित गरेको स्मारिका वितरण

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा स्मारिका वितरण तथा जलपान कार्याक्रम आयोजना गरिएको छ ।कार्यक्रममा प्रमुख अथिति बागलुङ नगरपालिकाका मेयर जनक राज पौडेलले बागलुङको विकास र समुदायको उन्नतिको लागि सबैले योगदान गर्नु पर्ने बताए ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बागलुङको शैक्षिक,सामाजिक र सांस्कृतिक विकासमा बागलुङ समाजले बागलुङको विभिन्न सरोकारवालाहरुसँग सहकार्य बताइन् ।कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठले मन्तव्य र शर्मिला श्रेष्ठले कविता वाचन गरेका थिए ।

कार्याक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले हालै प्रकाशित स्मारिका वितरण गरिएको थियो ।कार्याक्रमको संचालन नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्