सभ्य नागरिकको पहिचान ज्येष्ठ नागरिकको सम्मान भन्नेमा मुल नारासहित प्रथम ज्येष्ठ नागरिक दिवस बागलुङ सदरमुकाममा मनाइएको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको आयोजना भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले अहिले मानिस स्वार्थि र मतलवी हुँदै गएको कारण ज्येष्ठ नागरिकको अवस्था दुखदायी बन्दै गइरहेको हुदा समाजमा रहेका ज्येष्ठ नागरिकको सम्मान गर्न सकेको खण्डमा मात्रै समाजलाई सहि दिशामा लग्न सकिने धारण राखेका छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल ,सामाजिक विकास कार्यालयका प्रमुख डम्बर बहादुर जीसि, विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक कुलराज शर्मा, समाजसेवी बुद्धि बहादुर केसी, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ , ज्येष्ठ नागरिक चइनादेवी श्रेष्ठ लगायतका वक्ताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिक ९९ वर्षीय कृष्ण कुमारी उपाध्याय ,बागलुङ नगरपालिका वडा नम्बर ३ का ९६ बर्षिय भक्त बहादुर श्रेष्ठलाई नगद र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।
सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला संघको आजीवन सदस्य लिएका व्यक्तिहरू लाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।
ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघका उपाध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ र संचालन सदस्य बद्री प्रसाद शर्माले गरेका थिए । 




















































































































































































































