१५ कार्तिक २०८३, शनिबार

 

सामुदायिक प्रहरी सेवा केन्द्र भवनको शिलान्यास

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले अनुभूति हुने गरि काम गरि रहेको बताए ।

सोमबार बागलुङमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनताले चाहे अनुसार विकासले गति लिन थालेको भन्दै अब हरेक नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले प्रहरीले जनताको शान्ति सुरक्षाका लागि गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए । समाजमा हुने रहेक विकृति विसंगतिलाई हटाई समुन्नत समाज निर्माणका लागि नागरिकले प्रहरीलाई सघाउनु पर्ने बताए ।

समुदाय र प्रहरीबिचको सम्बन्ध सुमधुर नभएसम्म शान्ति सुरक्षा प्रभावकारी हुन नसक्ने बताए ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगर, नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचन, नेपाल कम्युनिस्ट पार्टी एकिकृत

समाजवादीका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्मबहादुर कुँवर, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

विसं२०६२ सालमा स्थापना भएको सेवा केन्द्रले विभिन्न ठाउँमा घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको थियो ।

प्रदेश सरकारबाट विनियोजन भएको २० लाखले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कमा दुई तलाको पक्की भवन निर्माण गर्न थालिएको हो । भवन निर्माण सम्पन्न गर्नका लागि ३५ लाख लाग्ने अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताए ।

कार्याक्रम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, सुमन बाँस्कोटाको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर:मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung