८ जेष्ठ २०८१, मंगलवार

 

शिव शक्ति अटो मोबाइलमा पुष २५ गतेदेखि बजाज एक्सचेन्ज अफर

बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल अफर ल्याएको हो ।

उक्त अफर बागलुङ नगरपालिका वडा नं १ रामरेखामा रहेको शिव शक्ति अटोमोबाइल सोरुपमा पुष २५ गतेदेखि ३० गतेसम्म चल्ने छ ।अटो मोबाइलका सञ्चालक शिव शंकर शाहले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल १० हजार रुपैयाँ दिने सक्ने बताए ।

कागजात सहि भएको मोटरसाइकल प्रचलित बजार मूल्य भन्दा १० हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छ’ उनले भने, ‘कामै नलाग्ने अवस्थाको मोटरसाइकललाई १० हजार रूपैयाँ दिएर एक्स्चेञ्ज गछौँ ।’

उनका अनुसार नयाँ बाइकमा ८ हजार नगद छुट र गिफ आइटम उपहार मिल्नेछ ।मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

५० प्रतिशत दाउन पेमेन्ट गर्यो भने नयाँ बाइक सुन्य प्रतिशत व्याजदरमा फाइनन्सको सुविधा  रहेको छ ।सो रुपमा पल्सर मोटरसाइकलका विभिन्न नयाँ मोडेलका उपलब्ध छन् ।

पल्सर २०० एनएसको मूल्य ३ लाख २९ हजार ९ सय,पल्सर मोटरसाइकल १२५ सिसिको मूल्य २ लाख ४४ हजार ९ सय, पल्सर मोटरसाइकल २२० सिसिको मूल्य ३ लाख २९ हजार ९, पल्सर एभेन्जर २२० क्य्रुसिको मूल्य ३ लाख ६६ हजार ९ सय,बजाज डिसकभर १२५ सिसि डिसको मूल्य २ लाख १४ हजार ९ सय रहेको छ ।

बजाज डिसकभर १२५ सिसि डिस मोटरसाइकलको विक्री बढेको छ । यो मोटरसाइकल भौगोलिक बनावटमा उपयुक्त,सर्वसाधारणले सजिलै किन्न सक्ने खालको मूल्य,१२५ सिसिको मोटरसाइकलका विभिन्न मोडेलमध्ये यो मोटरसाइकलले उत्कृष्ट राम्रो पाइलेज दिने र मर्मत खर्च कम आउने गरेकोले नै धेरै युवाहरुको रोजाइमा यो मोटरसाइकल रहेको छ ।

लामो समयदेखि बागलुङमा शिव शक्ति अटो मोबाइलले ग्राहकहरुलाई राम्रो सेवा र सुविधा दिएर विश्वास जितेकोले बजाज मोटरसाइकलको विक्री बढेको र मेहनती युवा व्यवसायीहरुको एक मात्र रोजाइ बजाज मोटरसाइकल रहेको छ ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउँदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टीसहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्