१९ बैशाख २०८१, बुधबार

 

बागलुङ बजारमा व्यवसायीले सडक पेटीमा जथाभावी सामान राख्दा दुर्घटनाको जोखिम

बागलुङ बजार क्षेत्रमा व्यापारीले जथाभावी रुपमा सडक पेटीमा सामान राख्दा कारण पैदल यात्रुलाई हिँड्‌डुल गर्न समेत सास्ती परिरहेको छ ।

बागलुङ नगरपालिका वडा नम्वर २ उद्योग वाणिज्य संघ अगाढी रहेको शंकर इलोक्ट्रोनिक्सले सडक पेटीमा सामान राख्दा दुर्घटनाको जोखिम बढेको छ ।

अहिले सडक पेटीमा पसलको सामान, जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने,विभिन्न वाहनामा सवारी पार्किङ गर्ने गरेकाले दैनिक जसो सडक सवारीसाधनहरु जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

बागलुङ बजारमा मोटर साईकल ,स्कुटी लगायतका सवारीसाधन प्रयोग गर्ने उपभोक्ता ह्वात्तै बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सरोकारवालासँग समन्वय गरेर बजार भित्र ३ ÷३ दिन एकतर्फी पार्किङको व्यवस्था गरेको छ ।

पटक पटक पसलका समान सडक पेटीमा राख्न आग्रह गर्दा समेत अटेरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।  पसलमा मर्मत गर्न ल्याएका इलेक्ट्रीक सामान सडक पेटीमा छरपस्ट हुने गरेका छन् ।

बागलुङ नगरपालिकाले पटक पटक बजार व्यवस्थापन गर्ने ठेला लगायतका व्यापार बजार भित्र गर्न नपाइने सवारी पार्किङ व्यवस्थित रूपमा बनाउने भनेर प्रचार प्रसार गरे पनि निर्वाचित जनप्रतिनिधि आएको कार्यकाल सकिनै लाग्दा समेत बजार व्यवस्थापनको काम हुन सकेको छैन ।

बागलुङ सदरमुकाममा चार दर्जनभन्दा बढी बैंक वित्तिय संघसंस्था संचालनमा भए पनि कसैले पनि सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाएका छैनन् ।

राजमार्ग मात्र नभई सदरमुकाम आसपासमा आवागमन गर्ने मुख्य सडकको विषयमा पटकपटक आवाज उठिसक्दा पनि बागलुङ नगरपालिकाले गम्भीरतापूर्वक सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाउन नसक्दा बजार क्षेत्र ब्यवस्थित हुन सकेको छैन ।

पार्किङ गर्ने ठाउँ नहुँदा बजार झन साँघुरो र कुरूप बन्दै गइरहेको देखिन्छ । सडक पेटीमा जथाभावी सामान हटाउने विषयमा नगर प्रहरी,उद्योग वाणिज्य संघ,ट्राफिक प्रहरीलगाएत सरोकारवालाहरु मिलेर व्यवसायीहरुलाई सचेत गराउने र नमाने कारवाही गर्ने निर्णय भएको बागलुङ नगरपालिका वडा २ को अध्यक्ष जीवन आचार्यले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्