२३ बैशाख २०८१, आईतवार

 

हिमपात र वर्षासँगै अझै चिसो बढ्ने

देशको पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१, ढिकुरपोखरीमा घरमा हिउँ जमेपछि फाल्दै स्थानीय । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु, कुहिरो लागेको छ।

मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जुम्लामा माइनस २.५ डिग्री सेल्सियससम्म तापमान कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्