२३ बैशाख २०८१, आईतवार

 

ताराखोलामा भारी हिमपात

ताराखोलामा दुई दशक यताकै भारी हिमपात भएको छ । गत बिहीबार रातिदेखि परेको हिमपातका कारण ताराखोलाको जनजिवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिकाको विभिन्न भूभागमा भारी हिउँ परेको छ । गाउँपालिकाको ५ वटै वडाका विभिन्न क्षेत्रमा भारीमात्रमा हिउँ परेको छ ।

यो हिमपात पछिल्लो २० वर्ष यताकै सबैभन्दा ठूलो भएको ताराखोला ४ का भपिन्द्र घर्तिले बताए । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिकाका विभिन्न  गाउँ र पाहाड सेताम्मे भएका छन् ।उच्च भुभागमा करिब २ फिट भन्दा बाक्लो हिउ परेकाले गाउँलेहरू घर बाहिर निस्कन समेत मुस्किल परिरहेको छ ।

भारी हिपपातका कारण केहि हिउँदे बालिलाइै समेत असर गरेको ताराखोला ४ का भबिन्द्र विकले बताए । हिमपातका कारण व्यवासयिक रूपमा पशुपालन गर्ने कृषकलाई सास्ती भएको खत्री नमूना बाख्रा फर्मका सन्चालक लालबहादुर खत्रीले बताउनुभयो ।

ताराखोलादेखि अर्गल भुस्कात रिजालचोक हुँदै सदरमुकाम जोड्ने सहिद मार्ग समेत अबरुद्ध बनेको छ । भारि हिउँ परेकोले अधिकांश ठाउँका विद्युतका तार चुढिएको तथा पोल समेत ढलेकोले हिजोदेखि नै विद्युत अबरुद्ध भएको छ ।

हिउँ परेकोले विद्यालयमा पठनपाठ गर्न जाने विद्यार्थी , शिक्षक र सरकारि कार्यालयमा जानु पर्ने कर्मचारीलाई सास्ती भएको ताराखोला गाउँपालिका वाड नम्बर ३ का वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए ।

हिउँ परेकोले जनजीवन प्रभावित बने पनि गल्कोट लगायतका क्षेत्रबाट ताराखोलामा हिउँ खेल्न आउनेहरुको संख्या भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्