१९ बैशाख २०८१, बुधबार

 

शिक्षासेवी श्रेष्ठको स्मृतिमा नयाँ विश्वद्वारा शोकसभा सम्पन्न

नागरिक संचार प्रालिद्वारा संचालित नयाँ विश्व डटकम पत्रिकाका सेयर सदस्य सिद्धार्थ मिलन श्रेष्ठको बुबा सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ प्रति पत्रिकाको तर्फबाट भावपूर्ण श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोक निवासि श्रेष्ठको ८० वर्षको उमेर निधन भएको थियो ।शोकसभामा पूर्वशिक्षक तथा संस्कृतिकर्मी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को निधनले समाजमा अपुरणीय क्षति पृुगेको वक्ताहरुले बताए ।

शुक्रबार सम्पन्न शोक सभामा नयाँ विश्व डटकमका कार्यसमितिका सदस्य भरत शर्मा,माधव शर्मा र विदेश कुमार श्रेष्ठले शोक मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन नयाँ विश्व डटकमका कार्यसमितिका सचिव मुकेशचन्द्र राजभण्डारीले गरेका थिए ।

श्रेष्ठ धौलागिरि अंचलकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक तथा संस्कृतिकर्मी थिए ।उनले लामो समय विद्यालयमा स्वास्थ्य विषय पढाएका थिए । ‘मिलन’ उपनामले परिचित श्रेष्ठमा चित्रकला,नाटक र रोपाइ नाचमा विशेष दखल थियो । श्रेष्ठले बास्सा नाचका कलाकारहरुलाई सृंगार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।विद्यामन्दिर माध्यामिक विद्यालयबाट विसं २०१६ सालमा पाल्पाबाट एसएलसि दिने श्रेष्ठ पहिलो पुस्ताका विद्यार्थी थिए ।

श्रेष्ठले विद्यामन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको लागि १३ लाख ५० हजार प्रदान गरी एउटा सुविधा सम्पन्न कोठा निर्माण गर्नुको साथै विज्ञान प्रयोगशाला बनाउनको लागि ३ लाख रुपैयाँ प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्