८ जेष्ठ २०८१, मंगलवार

 

धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको दोश्रो साधारण सभा सम्पन्न

बागलुङ-धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायी भिमसेन थापा, आजिवन सदस्य लक्ष्मणश्री, नयाँ विश्व डटकमका सम्पादक मुकेश राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कालिका सप्लायरस अकिल बहादुर क्षेत्री,कार्यसमिति सदस्य कविन्द बोहरा,मेकानिक राम कुमार सुनार,मेकानिक व्यवस्थापन उपसमितिका सदस्य नन्दराम महतो,कार्यालय प्रमुख रन्जना पुन श्रीस र कानुनी सल्लाहकार हरिकृष्ण सुवेदीलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको अध्यक्ष शिव शंकर शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चित्रबहादुर केसीले र संचालन सचिव राजु शर्माले गरेका थिए ।

विसं २०७६ मा स्थापना भएको धौलागिरि अटोमोबाईल्स व्यवसायी संघमा ५५ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् । प्रत्येक श्रमिकको ७ लाखको दुर्घटना विमा गरिएको संघका अध्यक्ष शिव शंकर शाहले नयाँ विश्वलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्