८ जेष्ठ २०८१, मंगलवार

 

सामाजिक कुरीति विरूद्व सचेतना कार्यक्रम सम्पन्न

बागलुङ – सामाजिक विकास कार्यालय बागलुङको आयोजना र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ को समन्वयमा सामाजिक कुरीति विरूद्व अभियान तथा पुनस्थापना विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ३ का वडाध्यक्ष लक्ष्मण केसी, जिल्ला प्रहरी कार्यालय बागलुङको डिएसपि इन्द्र बहादुर राना, महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्की, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ की अध्यक्ष लिला देवी खड्का र सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर जिसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा समाजमा विद्यमान कुरीति, त्यसले उत्पन्न गरेको अन्धविश्वास र हिंसा, त्यसलाई र्निमुल गर्न समुदायको भूमिका र सामाजिक कुरीति विरुद्धका कानुनहरुको बारेमा वक्ताहरुले प्रकाश पारेका थिए ।

कार्यक्रममा सामाजिक कुरीति,बालविवाह, छाउपडी, महिला हिंसा,जातिय छुवाछूत समाजबाट र्निमुल गर्न र सामाजिक रुपान्तरको कार्यमा धार्मिक या आध्यात्मिक गुरुहरू, विभिन्न जातिय अगुवाहरूलाई सहभागि गराउनु पर्ने सहभागिहरुलाई जोड दिएका थिए ।

कार्यक्रममा टोल सुधार समितिका अध्यक्षहरू, क्लवका अध्यक्ष एवं सदस्यहरू, आमा समूहका अध्यक्ष एवं सदस्यहरू, बौद्व महिला परिवारका सदस्यहरु, महिला हित बचत तथा ऋण सहकारीका शेयर सदस्यहरू गरी ८२ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर जिसीको अध्यक्षता, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ का अध्यक्ष लिला देवी खडकाको स्वागत र कार्यक्रममाथि प्रकाश र महिला हित बचत तथा ऋण सहकारीकी प्रबन्धक चन्द्रा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्