८ जेष्ठ २०८१, मंगलवार

 

बजाजको ‘पल्सर एनएस १२५’ को बागलुङमा लन्चिङ

बजाजको नयाँ मोडेल बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ बजारमा आएको छ । बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले पल्सर १२५ सीसी एनएस बीएस–६ बजारमा विक्रीवितरण सुरु गरेको हो ।

धौलागिरि क्षेत्रका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले बिहिबार मोटरसाइकलको लन्चिङ गरी विक्री शुभारम्भ गरेको छ । मोटरसाइकलको एक कार्यक्रमकाबीच सञ्चालक शिव शंकर शाहले लन्चिङ गरेका हुन् ।

सो अवसरमा बोल्दै सञ्चालक शाहले बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ कम्प्युटर सेग्मेन्टमा बजारमा लिएर आएकाले पल्सर एन।एस।को चाहना राख्ने ग्राहकहरुको लागि बजाजले मोटरसाइकल इन्जिनमा हालसम्मकै नविनतम प्रविधि ९बीएस–६० लिएर आएको बताए । उनले यो मोटरसाइकल स्पोर्टी लुक्स, स्टाइलिस, भिन्न ग्राफिक्स र अतिरिक्त विशेषतासहित रहेको जानकारी दिए । बजेट र माइलेजको लागि यो मोटरसाइकल अत्यन्तै प्रभावकारी हुने उनको भनाइ छ ।
त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ । पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

लामो समयदेखि बागलुङमा शिव शक्ति अटो मोबाइलले ग्राहकहरुलाई राम्रो सेवा र सुविधा दिएर विश्वास जितेकोले बजाज मोटरसाइकलको विक्री बढेको र युवाहरुको एक मात्र रोजाइ बजाज मोटरसाइकल रहेको छ ।

कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउँदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टीसहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्