१५ कार्तिक २०८३, शनिबार

 

वैकल्पिक व्यवस्था नगरी महानगरले डोजर चलाउन खोज्दा थापाथलीको सुकुम्बासीबस्ती तनावग्रस्त

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन खोज्दा सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन् ।

अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गर्न खोज्दा सुकुम्बासीहरूले चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शनमा उत्रेका हुन ।

यसअघि नै ३५ दिने सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो ।आफनो बाँसको वैकल्पिक व्यवस्था नगरी महानगरपालिकाले डोजर चलाउन खोजेकोले बस्तीबाट नहटने जिकीर सुकुम्बासीहरूले गरिरहेका छन् ।

उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई अघि बढाएका छन् । महानगरका आधा दर्जन प्रहरीलाइ घाइते बनाइसकेका प्रदर्शनकारीहरुले तीनतिरको बाटोबाट आन्दोलन गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung