१५ कार्तिक २०८३, शनिबार

 

ज्येष्ठ नागरिक दिवसमा असल छोराछोरी सम्मानित, संघका अध्यक्ष राजभण्डारीद्वारा १ लाखको अक्षयकोष स्थापना

बागलुङ/ समाजमा छोराछोरी एकपछि अर्को स्वार्थि हुदै गइरहेको बेला हाम्रो समाजमा अझै पनि आफ्नो बाबा आमाको लागि आफ्नो दिलो ज्यान दिने छोराछोरी बाँकी छन् भन्ने उदाहरण बागलुङ देखिएका छन् । कार्यक्रममा जेष्ठ नागरिक संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीले संघको संस्थागत विकासको लागि १ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सभ्य नागरिकको पहिचान ज्येष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ आयोजित दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आमा बाबुको सेवा गर्ने असल छोरा र छोरी २ जनालार्इ सम्मान गरिएको छ ।

समाजमा रहेका जेष्ठ नागरिकको लागि गर्नु पर्ने आधारभुत धेरै काममध्ये केहि मात्रामा भए जेष्ठ नागरिकको हितमा काम भइरहेको जेष्ठ नागरिक जिल्ला संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए ।

आफ्नो बुवालाई आफ्नो कलेजो दिएर ज्यान बचाउने बागलुङ नगरपालिका वडा नम्बर २ का निलेस राजभण्डारी र शारीरिक रूपमा अशक्त बाबा आमाको सेवा गर्ने आशा थापालाई सम्मान गर्न पाउदा खुशी लागेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।जेष्ठ नागरिकलाई पक्षमा बागलुङ नगरले आवश्यक सबै सहयोग र सहकार्य गर्न तयार रहेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

बाबाको जिवन बचाउन कलेजो चाहिने भएपछि जीवन रक्षाको लागि कलेजो दिएर आफूलाई जन्म दिने बाबाको सेवा गर्न पाउनु सौभाग्य भएको सम्मानित छोरा निलेश राजभण्डारीले बताए ।

जेष्ठ नागरिक दिवसमा बागलुङ नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका उमेर पुगेका अशक्त र आर्थिक रूपमा विपन्न जेष्ठ नागरिकलाई लठ्ठी १५० वटा, थर्मस १०० वटा र लाइट १०० वटा प्रदान गरिएको थियो ।

निर्वाचनको बेला ठूलो कुरा गर्ने राजनीति दल, स्थानीय सरकार र प्रदेश सरकारले जेष्ठ नागरिकको बारेमा भने ब्यवहारिक रूपमा भने कार्यक्रम ल्याएको देखिदैन त्यसकारण यसतर्फ सम्बन्धि निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,जेष्ठ नागरिक संघ गण्डकी प्रदेशका अध्यक्ष गुमान सिंह कार्की, वडा नम्बर १२ का वडा अध्यक्ष कोपीला मणि पाठक ,धौलागिरि अस्पतालका बागलुङका प्रशासन प्रमुख तेजप्रसाद निउरे ,जेष्ठ नागरिक जिल्ला संघका सल्लाहकार देवबहादुर श्रेष्ठ , नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल ,आशा केसी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका नगर स्वास्थ शाखाको आयोजनामा ८६ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको थियोे । महिला ३२ र पुरूष ५४ को स्वास्थ्य जाँच गर्दा सुगर ११ जनामा र उच्च रक्तचाप २४ जनामा देखिएको थियो ।

जेष्ठ नागरिक जिल्ला संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको ध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठ र सचिव हरि सुवेदीको संचालनमा सम्पन्न भएको थियो

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung