८ जेष्ठ २०८१, मंगलवार

 

आइएमई इलेक्ट्रिकको राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ डिलर महाराजगञ्जमा, कुलमानले गरे उद्घाटन

काठमाडौं। आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ डिलर महाराजगञ्जमा संचालनमा ल्याएको छ। कम्पनीले गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर महाराजगञ्जमा थपेको आइएमई इलेक्ट्रिकले जनाएको छ ।

विद्युतीय सवारीसाधनप्रति युवाहरुको आकर्षणलाई ध्यानमा राखेर कम्पनीले आक्रमक ढंगले बजार विस्तारु गरेको छ ।

उक्त डिलरको बुधबार आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र बिजुलीको खपटलाई बढाउन सहयोग पुग्ने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनु भयो ।

वातावरण स्वच्छ राख्न, पेट्रोलियम आयात घटाउन र अर्थतन्त्रको सुधारमा इलेक्ट्रिक सवारी साधनले योगदान दिने आइएमई समूहका अध्यक्ष ढकालले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्