६ जेष्ठ २०८१, आईतवार

 

सङ्कटा आहा ! राराको फाइनलमा

पोखरा । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४(१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औं संस्करणको आहा १ रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जीत निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो ।

सङ्कटाका लागि स्टेफन विनोङ र मेसुकेले दुई÷दुई गोल गरे । खेलको पाँचौं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका स्टेफनले ६१औं मिनेटमा दोस्रो गोल गरे ।

मेसुकेले ४३औं र ८६औं मिनेटमा गोल गरे । सङ्कटाका दुवै फरवार्डर क्यामरुनी हुन् ।७४औं मिनेटमा हरि कार्कीको सान्त्वना गोलसँगै एपीएफले सङ्कटासँगको अग्रता घटाए पनि खेलमा फर्किन भने सकेन ।

विपक्षीलाई खेल अवधिभर दबाबमा राख्न सफल सङ्कटाका स्टेफन म्यान अफ दि म्याच घोषित भए । सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको सङ्कटा विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनबाट फाइनल पुग्न सफल भयो । सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टीमले उपाधि जित्ने दाबी गरे ।

उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । प्रशिक्षक खड्गीका अनुसार सङ्कटाका लागि यस प्रतियोगिता वर्षको पहिलो हो । घरेलु लिग फुटबलपछि उक्त टीमले कुनै पनि प्रतियोगिता खेल्न पाएको थिएन ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले रक्षापङ्क्ति कमजोर हुँदा टीमले हार व्यहोर्नुपरेको स्वीकार गरे । उनले गोलको अवसर पाए पनि प्राविधिक पक्ष नमिल्दा टीम सफल हुन नसकेको बताए । विपक्षी टीममा रहेका विदेशी खेलाडीलाई गोल गर्नबाट आफ्ना खेलाडीले रोक्न नसकेको उनले उल्लेख गरे ।

सङ्कटाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनलका लागि बिहीबार ब्वाइज युनाइटेड र भूटानी युथ स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।

फाइनल खेल शनिबार हुने प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितका विजेताले १२ लाख र उपविजेताले रु ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्