९ जेष्ठ २०८१, बुधबार

 

ट्याक्सी व्यवसायीले ग्राहकलाई आधुनिक प्रविधि मार्फत सेवा दिनु पर्छ – नगर प्रमुख श्रेष्ठ

बागलुङ । धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायत देशका शहरहरूमा जान अझै पनि यातायात कार्यालयबाट पतके काट्नु पर्ने बाध्यता कायमै भएको हुँदा यसलाई समाधान गर्न जरुरी रहेको व्यवसायीहरुले साधारणसभामा माग गरेका छन् ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगर भित्रबाट संचालन हुदै आएको ट्याक्सीलाई व्यवस्थित रूपमा संचालन गर्नका लागि नगरपालिकाले दिर्घकालीन योजना बनाउने लागेको धारणा ब्यक्त गरे ।

समाजमा रहेका बेरोजगार युवालाई तालिम दिएर रोजगार बनाउने अहिले संचालन भइरहेको ट्याक्सीलाई आधुनिक डिजिटल प्रविधि मार्फत यात्रुहरूले सेवा पाउने एप्स बनाउन नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नवीन शिशिर विक ,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल ,कुश्मा यातायात प्रालिका सागर गिरि लगायतका वक्ताहरूले जनतालाई प्रत्येक्ष रूपमा सेवा दिदै आएको ट्याक्सी ब्यवसायीकलाई मर्यादित बनाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।

धौलागिरि अन्चल यातायात सेवा प्रालिका अध्यक्ष बलराम सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रालिका सदस्य राजु विक र प्रालिका सचिव अनुप खड्काको संचालनमा सम्पन्न भएको थियो ।धौलागिरि अन्चल यातायात सेवा प्रालि अन्तर्गत बागलुङमा मुख्य कार्यालय मार्फत १०५ वटा ट्याक्सी बागलुङ ,पर्वत,म्याग्दी ,पोखरा लगायतका शहरहरूमा सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्