९ जेष्ठ २०८१, बुधबार

 

धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको अध्यक्षमा पुन: शाह

बागलुङ । धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको तेस्रो. साधारण सभा तथा दोस्रो अधिवेशनले शिव शंकर शाहलाई पुन अध्यक्षमा चयन गरेको छ । शनिबार बागलुङ नगरपालिका वडा नं १ बाल उद्यानमा सम्पन्न दोस्रो अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चित्र बहादुर केसी, उपाध्यक्षमा नन्दु राम महतो, महासचिवमा राजु शर्मा, सचिवमा नविन कार्की, कोषाध्यक्षमा भुपेन्द्र शर्मा, सहसचिवमा कविन्द्र बोहरा र सदस्यहरुमा सन्तोष त्रिपाठी, रामबहादुर खड्का, राजेन्द्र लामगादे, भिमबहादुर विश्वकर्मा, लोकेन्द्र विश्वकर्मा, हेम बोहोरा र लोक बहादुर खड्का रहेका छन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, सल्लाहकार भिमसेन थापा, धौलागिरि अटोमोबाईल्स व्यवसायी संघका आजिवन सदस्य लक्ष्मणश्री, धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, प्रेविसा ट्रेड लिङकका प्रतिनिधि अनिल पौडेल र कपडा तथा फेन्सी व्यवसायी बागलुङका अध्यक्ष रामचन्द्र शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिव राजु शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।संघका कानुनी सल्लाहकार हरिकृष्ण सुवेदीले निर्वाचन कार्य तालिकाको बारेमा जानकारी दिनु भएको थियो ।कार्यक्रममा संघलाई आर्थिक सहयोग गर्नु हुने व्यवसायीहरुलाई, कम्पनीहरु र अटोमोबाईल्स क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु हुने व्यवसायीहरुलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम धौलागिरि अटोमोबाईल्स व्यवसायी संघको अध्यक्ष शिव शंकर शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चित्रबहादुर केसीले र संचालन सचिव राजु शर्माले गरेका थिए ।

विसं २०७६ मा स्थापना भएको धौलागिरि अटोमोबाईल्स व्यवसायी संघमा ६७ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् । प्रत्येक श्रमिकको ७ लाखको दुर्घटना विमा गरिएको संघका अध्यक्ष शिव शंकर शाहले नयाँ विश्वलाई जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्