३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ भगवती यातायात सेवा प्रालिको सातौं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । बागलुङ भगवती यातायात सेवा प्रालिको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार साधारण सभाको उद्घाटन गर्दै सार्वजनिक यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका सल्लाहकार गान्धीराज गिरीले नीजि क्षेत्रको लगानीको संरक्षण र यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरकार जिम्मेवार नभएको बताउनु भयो ।

कार्यक्रमा सार्वजनिक यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष भोज बहादुर थापा, धौलागिरि गण्डकी यातायान सेवा प्रालिका अध्यक्ष उमेश केसी,यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्षमा दिनेश फुल्लेल, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखा प्रमुख माधव सापकोटा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भगवती यातायात सेवा प्रालि बागलुङका उत्कृष्ट कर्मचारी, बस, माइक्रोबस र जिप चालक र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम बागलुङ भगवती यातायात सेवा प्रालिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता, सस्थापक अध्यक्ष ओम बहादुर खड्का शिवको स्वागत र कोषाध्यक्ष राजकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्कालगाएत अथितिहरुको उपस्थिति रहेको थियो । सातौं वार्षिक साधारण सभाले महासचिव मनोज खड्काले प्रस्तुत गर्नु भएको प्रगति तथा प्रस्तावित वार्षिक कार्यक्रम र कोषाध्यक्ष राजकुमार पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्