४ जेष्ठ २०८१, शुक्रबार

 

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पीएनजी २४५ रनमा अल आउट भयो ।

जवकि जितका लागि नेपालले २९८ रनको लक्ष्य दिएको थियो । पिएनजीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएको थिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ३७ रन दिएका थिए।

यसै गरी दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए भने कुशल मल्लले एक विकेट आफ्नो नाममा पारेका थिए ।नेपालले अब तीन खेल जितेमा विश्वकप छनौट यात्रा तय गर्नेछ भने बाँकी एक खेल जितेमा नेपालले एक दिवसीयमा पनि आफूलाई सुरक्षित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्