२२ भाद्र २०८३, सोमबार

 

धौलागिरि कालिका यातायातको अध्यक्षमा जयन्द्रराज पन्त

बागलुङ । धौलागिरि कालिका यातायात प्रालिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले यातायात क्षेत्रलाई मर्यादित बनाएर आम नागरिकको मन जिन्नुपर्ने बताउनु भयो ।

उनले यातायात क्षेत्र भरपर्दो र सुरक्षित छ भन्ने भएमा आम नागरिकले सार्वजनिक यातायातलाई नै विश्वास गर्ने पनि भन्नु भयो । पछिल्लो समय रातो प्लेटप्रति बढेको आर्कषण समेत घटेर सार्वजनिक यातायातमा चाहना बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं २ का अध्यक्ष सुरज बोसेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य शशिकपुर श्रेष्ठ बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, धौलागिरि कालिका यातायात प्रालिका संस्थापक एवं सल्लाहकार कुमार खड्का धौलागिरि गण्डकी यातायात प्रालीका अध्यक्ष उमेश केसी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नविन शिशिर विक, प्रालीका संस्थापक संचालक एवं व्यवसायी हरिबहादुर जिसी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल र राष्ट्रिय उपभोक्ता मंच, बागलुङु««का अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रालिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता, महासचिव दिनेश बोहराको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव बोहोराले प्रगति प्रतिवेदन पेश गरेका थिए । हाल धौलागिरि कालिका यातायात प्रालिमा २ सय १ व्यवसायी र जिप रहेका छन् ।

अधिवेशनले जयन्द्रराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, प्रथम उपाध्यक्षमा लाल बहादुर केसी, द्धितिय उपाध्यक्ष होमबहादुर केसी र तृतीय उपाध्याक्ष कपिल मणी शर्मा बास्तोला चयन भएका छन् ।

समितिको महासचिवमा दिनेश बोहोरा सचिवमा भरत गौतम, कोषाध्यक्षमा सञ्जन आचार्य, सहसचिवमा पदमबहादुर कार्की र सह कोषाध्यक्षमा लक्ष्मण केसी रहेका छन । समितिकोको सदस्यहरुमा भिमबहादुरक केसी (बाबुराम), हिमलाल खरेल, डिलबहादुर बहिक, देवुकला सापकोटा र देवलाल केसी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung