४ जेष्ठ २०८१, शुक्रबार

 

क्रिकेटर केसी र भण्डारीलाई बागलुङ नगरपालिकाद्वारा नगदसहित सम्मान

बागलुङ । बागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई नगदसहित सम्मान गरेको छ । बुधबार नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय टोलीका सदस्य करण केसीलाई नगद १ लाख र यू–१९ टोलीका सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित सम्मान गरिएको हो ।

बागलुङ नगरपालिका कार्यालय प्राङगणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिलमाया पौवी र बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडीहरुलाइ सम्मान गर्नु भएको थियो । क्रिकेटको माध्यमबाट राष्ट्रको शीर उच्च राख्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान गराउन सफल भएको भन्दै आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न प्रोत्साहन होस भन्ने उद्देश्यले सम्मान गरिएको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन खेलेको भूमिका गर्वको विषय भएको् श्रेष्ठले बताउनु भयो । करण केसी बागलुङ नगरपालिका–८ सिगानाका हुनभने सुवास भण्डारी काठेखोला गाउँपालिका–१ पालाका हुन् ।

देशको प्रतिनिधित्व गरी अन्तराष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरुलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले खेलाडीहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।

प्रतिक्रिया दिनुहोस्