२६ बैशाख २०८१, बुधबार

 

एक लाख ५० हजार पुरस्कार राशीको जेसीज कप फुटबल प्रतियोगिता हुँदै

बागलुङ । आगामी बैशाख १७ देखि २३ गतेसम्म बागलुङमा रु एक लाख पुरस्कार राशीको जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नवप्रतिभा खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले जेसीज बागलुङको आयोजनामा ‘जेसीज कप फुटबल’ प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

प्रतियोगितामा साविक धौलागिरि अंचलका बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका क्लबहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको विजेताले नगद रु। एक लाख ५० हजार र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोल रक्षकलगायत पाँच अलग–अलग विधामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने जेसीज कप प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी गराउनुभयो ।

प्रतियोगिता संचालन गर्न रु। १० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।आयोजकले स्थानीय सरकार, व्यापारिक प्रतिष्ठान, खेलकुद तथा विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग संकलन गरी जेसीज कप भव्य रुपमा सम्पन्न गर्ने जेसीज बागलुङका अध्यक्ष सौरभ श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय बागलुङमा शुन्य जस्तै बनेको फुटबल गतिविधिलाई चलायमान गराउन र युवाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको जनाएको छ ।

१६ टोलीले सहभागिता जनाउने अनुमान गरेको आयोजकले प्रतियोगितालाई सफल बनाउन सबैसँग सहयोगको अपिल गरेको छ । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता स्वागत कार्यकारिणी उपाध्यक्ष ागणेश महतोले र संचालन महासचिव अञ्जीला श्रेष्ठले गर्नु भएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्