बागलुङ । पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङले ३ जना व्यक्तित्वलाई सम्मान गरेको छ । बागलुङका राजभण्डारीहरु भक्तपुरबाट आगमन भएको २ सय १८ औं वर्षगाँठको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मानित व्यक्तित्वहरुलाई दोर्ण,पद्य,प्रेम राजभण्डारी मेमोरियल ट्रष्टबाट सम्मान गरिएको हो ।
सो अवसरमा राजभण्डारी राष्ट्रिय पुरस्कारबाट कोशी प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीलाई प्रदान गरिएको छ ।
नगद २५ हजार, दोसल्ला र कदर पत्रसहित कार्यक्रमका प्रमुख अथिति श्रीलक्ष्मी राजभण्डारी दोर्ण, पद्य, प्रेम राजभण्डारी मेमोरियल ट्रष्टका संरक्षकहरु राम कुमार राजभण्डारी, महेन्द्र कुमार राजभण्डारी, लालकाजी राजभण्डारी, महेश राजभण्डारी र दुर्वल राजभण्डारी तथा पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङका अध्यक्ष काजी रोशन राजभण्डारीले सम्मान गर्नु भएको थियो ।










त्यस्तै पुर्खा धज्जुसिंह राजभण्डारी सम्मान २०८० बाट बुटवल निवासी परोपकार दान विभाग रुपन्देहीका अध्यक्ष महेन्द्र कुमार राजभण्डारी र होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीलाई सम्मान गरिएको थियो ।
राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका कोशी प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले सम्मान स्वरुप प्राप्त नगद २५ हजारमा थप २५ हजार थप गरि ५० हजार रकम पुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङको सस्थागत विकासको लागि अध्यक्ष काजि रोशन राजभण्डारीलाई हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व कोशी प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले आफ्नो जिल्ला र बागलुङ जिल्ला विचको सम्वन्धलाई प्रगाढ बनाउदै सवैले आफुलाई पेशा व्यवसायमा जोड्न सके मात्र जुन सुकै क्षेत्रमा सफल बन्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, बागलुङे राजभण्डारी खल, काठमाण्डौका सचिव भानु रोशन राजभण्डारी, नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सम्मानित व्यक्तित्वहरु महेन्द्र कुमार राजभण्डारी, निलेश राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्मानित व्यक्तित्वहरुको परिचय समितिका सदस्य आदर कुमार राजभण्डारीले गराउनु भएको थियो । कार्यक्रम पुुर्खा धञ्जुसिंह राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङका अध्यक्ष काजि रोशन राजभण्डारीको अध्यक्षता, दोर्ण,पद्य,प्रेम राजभण्डारी मेमोरियल ट्रष्टका संरक्षक राम कुमार राजभण्डारीको स्वागत र संचालन विजय श्याम राजभण्डारीले गर्नु भएको थियो ।






















































































































































































































