२५ बैशाख २०८१, मंगलवार

 

जापान सम्पन्न खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई रजत र कास्य पदक 

जापानको ओशकामा संचालित खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धामा नेपालका दुई खेलाडीले रजत र कांस्य पदक जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय तेक्वान्डो च्याम्पियनसिपमा सहभागि हुन गएका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका अशोक खड्का र बागलुङका खेलाडी नन्दु बिष्टले पदक जित्न सफल भएका हुन् ।

खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा अशोक खड्का द्धितिय हुदै रजत र नन्दु विष्टले तृतिय स्थान हासिल गर्दै कांस्य पदक प्रप्त गरेका छन् । २४ देशका खेलाडी सहभागि खेलमा कम्वोडियाका हन सत्या प्रथम भई स्वर्ण पदक हात पारेका छन् ।

उनिहरुले यस अघि पनि थाइल्याण्ड, हङकङ, जापान, कोरियामा भएका प्रतिस्पर्धामा पनि पदक जित्न सफल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्