२६ बैशाख २०८१, बुधबार

 

जेसीज कप फुटबल प्रतियोगितामा कालीपुल र श्रीमेयर गण सेमीफाईनलमा

बागलुङ । बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगितामा कालिपुल युनाइटेड बेनी र श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार बिहान भएको पहिलो खेलमा बागलुङ सुधार केन्द्रलाई ०–२ गोलले पराजित गर्दै कालीपुल युनाइटेड बेनी सेमिफाइनलमा प्रवेश गरेको हो । कालीपुलको जितका लागि बिनम थजाली र विश्वास थापाले १र१ गोल गरे ।

यस्तै, दिउँसो भएको दोस्रो खेलमा भिमापोखरा खेलकुद विकास समितिलाई २–३ गोल गर्दै श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा २ र २ गोल भएपछि थप गरिएको २० मिनेटमा गणले १ गोल थप गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गणको जितमा भत्तेमान घले, प्रकाश निरौला र विकास मगरले १, १ गोल गरे भने भिमापोखरा खेलकुद विकासका लागि मनिष थापा र सुनिल बुढा थापाले १ र १ गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल नवउत्साही क्लव पर्वतविरुद्ध चिल्डे«न लाइफ स्पोर्ट क्लब र दोस्रो खेल गुठी युथ क्लवविरुद्ध वीर गोरखालीबिच हुने प्रतियोगिताका संयोजक सौरभ खत्रीले जानकारी दिए ।

ढोरपाटनबाट

 

प्रतिक्रिया दिनुहोस्