१५ कार्तिक २०८३, शनिबार

 

राससकर्मी थापालाई आर्थिक पत्रकारिता पुरस्कार

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार राससकर्मी राम थापा अविरललाई प्रदान गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारण सभाको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयमा वरिष्ठ सहायक पदमा कार्यरत पत्रकार अविरललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गर्नु भएको थियो । अविरल विगत लामो समयदेखि पत्रकारिता र साहित्यमा क्रियाशिल छन् ।

थापालाई ११ हजार १ सय ११ रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो । तत्कालिन अध्यक्ष युवराज राजभण्डारीको पालामा संघले २ लाख २२ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । पुरस्कारबाट यस अघि नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी र पत्रकार सुवास आचार्य पुरस्कृत भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung