१५ कार्तिक २०८३, शनिबार

 

महिला समूहद्वारा देउराली प्राविका विद्यार्थीलाई ३० हजारको जुत्ता र मोजा सहयोग

बागलुङ । देउराली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले जुत्ता र मोजा सहयोग गरेको छ ।

रोटरी क्लब अफ बागलुङको संयोजनमा भएको कार्याक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले ३५ जना विद्यार्थीहरुलाई ३० हजार बराबरको जुत्ता र मोजा हस्तान्तरण गर्नु भएको थियो । बागलुङ नगरपालिका वडा नं ४ ओडारचौर रहेको यस विद्यालयमा ३५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूहकी अध्यक्ष विजया राजभण्डारी, रोटरी क्लब अफ बागलुङका सचिव पुनम शर्मा, प्रधानाध्यापक लक्ष्मी शर्मा र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विजुला शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णु कुमारी शर्माको अध्यक्षता, प्रधानाध्यापक लक्ष्मी शर्माको स्वागत र विद्यालयका शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।२०५१ सालमा स्थापना भएको यस विद्यालयमा ३५ जना विद्यार्थीहरु अध्ययन गर्दछन् ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिला शसक्तिकरण, शिक्षा, जनस्वास्थ्य, सामाजिक र धार्मिक क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung