१६ कार्तिक २०८३, आईतवार

 

पत्रकार खिल बहादुर भण्डारीलाई ‘कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार’

बागलुङ । प्रेस सेन्टर नेपालले स्थापना गरेको कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार’ – २०८० बाट पत्रकार खिल बहादुर भण्डारी सम्मानित भएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशिल भण्डारीलाई कार्यक्रमको प्रमुख अथिति प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले दोसल्ला, कदरपत्र र नगद ५० हजारसहित सम्मान गर्नु भएको थियो ।

पत्रकारिताको माध्यमबाट देशको राजनीतिक परिवर्तन तथा सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरण र जनपक्षीय पत्रकारिताको उन्नयनमा पुर्याएको योगदान प्रति उच्च सम्मान गर्दै पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको प्रेस सेन्टर नेपालले जनाएको छ ।

‘प्रेस सेन्टर नेपालले मैले जनपक्षीय पत्रकारिताको लागि समर्पणको गरेको सम्पूर्ण समय, उर्जा र निष्ठाको उच्च मूल्याङकन गरेर आदरनिय पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को सम्मानमा स्थापना गरिएको पुरस्कारबाट पुरस्कृत गर्दा आफूले गौरव अनुभुति गरेको’ पत्रकार भण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung