२२ बैशाख २०८१, शनिबार

 

विश्व वातावरण दिवसको अवसरमा कालिगण्डकी माविमा अन्तरक्रिया

बागलुङ । विश्व वातावरण दिवसको अवसरमा बागलुङको कालिगण्डकी आवासिय माविमा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जलवायु परिवर्तनले विभिन्न समस्या सृजना गरेको हुँदा वातावरण संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको भन्दै स्वास्थ्य जिवनको लागि वातावरण सभा राख्न आग्रह गर्नु भयो ।

कार्यक्रममा ढोरपाटन शिकार आरक्षण प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्य, उपसभापति राजेन्द्र आचार्य, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ विद्यालयका प्रिन्सिपल निरञ्जनलाल राजभण्डारी, लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका नारायण प्रसाद आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा मालिका सेवा समाजका बागलुङका अध्यक्ष शिक्षक जिवननाथ शर्माले वातावरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता राजकुमार नेपालीको स्वागत र केदार शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा विद्यार्थीले जनचेतनामुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्