बागलुङ । बागलुङ नगरपालिका ५ मालिका वस्ने मञ्जु कँडेल शर्मा परिवारको कमजोर आर्थिक अवस्थाका कारण मानसिक उपचारबाट वञ्चित हुनु परेको छ ।
विगत केही महिनादेखि मानसिक रोगबाट पीडित भएपछि उपचारमा परिवारको आर्थिक हैसियत नभएकाले उपचार पाउनबाट वञ्चित हुनु परेको छ । बागलुङको जैमिनिको पैयुथन्थापका केशवराज शर्मासँग विहे गरेकी शर्माकी २० महिनाकी छोरी रहेकी छन् ।
श्रीमान लामो समयदेखि भारतमा रहदै आएका छन् भने शर्माको मालिकामा रहेका माइती पक्षका बाबा आमाले हेर्दै आएका छन् । वृद्ध बाबा आमाले ऋण काढेर उपचार गर्न प्रयास गरेता पनि निरन्तर स्वास्थ्य चेकजाँच र औषधि सेवन गराउन नसकेकाले समस्या उचित उपचारबाट वञ्चित हुनु परेको हो ।
आर्थिक अवस्थाका कारण मानसिक उपचारबाट वञ्चित शर्मालाई शनिबार मालिका सेवा समाज बागलुङले नगद सहयोग गरेका छ । शर्माको घरमै पुगेर समाले नगद २० हजार सहयोग गरेको हो । समाजका अध्यक्ष जिवननाथ शर्मा वडा अध्यक्ष हरि प्रसाद शर्माले शर्माका बाबु नइन्द्र प्रसाद कँडेललाई रकम हस्तान्त्रण गर्नु भएको थियो ।
रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष शर्माले आर्थिक अभावका कोही पनि उपचारबाट वन्चित हुन नहुने भन्दै सवैको सहयोगमा शर्माको उपचार गर्नु पर्ने बताउनु भयो । बाबु आमा वृद्ध अवस्था रहेकोले उनको उपचार गर्न लैजाने व्यक्तिको समेत अभाव रहेकोले पहिला उपचारमा लैजाने वातावरण बनाउनुपर्ने बताउनु भयो ।
सो अवसरमा स्थानीय भवानी शंकर सापकोटाले आफै सानोतिनो पेसा व्यवसाय गरेर गुजारा चलाउदै आएकी शर्मा मानसिक समस्यामा परेपछि उनकी २० महिनाकी छोरीको विचल्ली भएको भन्दै सहयोग गरिदिन आग्रह गर्नु भयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माको अध्यक्षता उपाध्यक्ष आनन्द रेग्मीको स्वागत र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
























































































































































































































