१५ कार्तिक २०८३, शनिबार

 

मैले कुनै गलत काम गरेको छैन् , प्रमाण पेस गर्न चुनौती दिन्छु : सचिव राना

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले आफूलाई आरोप लगाएर प्रेस युनियन बागलुङले निकालेको प्रेस विज्ञप्ती प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विज्ञप्तीमा आफूले कुनै गलत कार्य नगरेको र संस्थाको हितमा सक्रिय रहेकोले झुठा आरोप लगाइएको शनिबार प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

अहिले नेपाल पत्रकार महासंघ, बागलुङ श्रमजीवि पत्रकार र पत्रकार नामका उद्योगी व्यवसायी बीचको संघर्षबाट पिल्सिएको छ ।

नेपाल पत्रकार महासँघ बागलुङको अधिवेशनबाट अध्यक्षमा नरेश कँडेल निर्वाचित हुनु भयो । त्यसको केही समयमा नै उद्योग वाणिज्य संघ बागलुङको अध्यक्षमा समेत निर्वाचित भएको आम नागरिकलाई जगजायर नै छ ।

उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ नितान्त फरक संस्था भएकोले एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष बसि रहन नमिल्ने प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रेस युनियनले लगाएको किर्तेको आरोप झुटो भएको
त्यसको प्रमाण प्रस्तुत गर्न सचिव रानाले चुनौती दिएका छन् ।

महासंघको गत साधारण सभा हुँदा समेत उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधि बनेको भन्दै साधारण सदस्यता समेत खारेजीको माग गरिएको लिखित प्रस्ताव समेत आफूसँग सुरक्षित भएको र बरु कैयौँ पटक पत्रकार तथा पत्रकार महासंघको परिचय–पत्र र लेटर प्याड दुरुपयोग हुँदा जफत गरेको विज्ञप्तीमा भनिएको छ ।

अहिले नेपाल पत्रकार महासंघ शुद्धिकरण अभियानमा छ । नेपाल पत्रकार महासंघ सदस्यता शुद्धिकरण मापदण्ड २०७९को पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध छ । महासंघ बागलुङले पूर्ण कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

विभिन्न संस्थामा जागिर खाएर, विभिन्न पेशा, व्यवसाय तथा राजनीति गरेर पत्रकारिताको नाम बेच्नेहरुले आफ्नो सदस्यता गुम्ने डर, त्रास र भयका कारण विभिन्न व्यक्तिलाई आरोप लगाउँदै संस्थालाई समेत बदनाम गर्दै आफू पानी माथीको ओभानो बन्न खोजिरहेका छन्, त्यस्ता व्यक्तिहरुबाट सचेत रहन सबै श्रमजीवि पत्रकारहरुमा मेरो अनुरोध छ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung