५ जेष्ठ २०८१, शनिबार

 

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यवहाक अध्यक्षमा घिमिरे

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यवहाक अध्यक्षको जिम्मेवारी देवप्रकाश घिमिरेलाई तोकिएको छ ।

संघका अध्यक्ष नारायण प्रसाद वरालको मृत्यु भै रिक्त रहेको अध्यक्ष पदमा घिमिरेलाई जिम्मेवारी तोकिएको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले जानकारी दिए ।

संघको गण्डकी प्रदेश उपाध्यक्ष रहेका घिमिरेलाई केन्द्रीय समितिले गण्डकी प्रदेशको कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको हो ।

स्वास्थ्य कार्यालय बागलुङमा क्षयकुष्ठ निरिक्षक अधिकृत पदमा कार्यरत घिमिरे स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्ष हुँदै प्रदेशको उपाध्यक्ष भएका हुन । उनी नेपाल निजामती कर्मचारी युनियनको जिल्ला तह हुँदै पनि केन्द्रीय प्रतिनिधिको रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्